चुम्वनले निम्त्याउँछ यस्ता रोग, कसरी जोगिने ?

    • स्वास्थ्य पेज

  • १ चैत्र २०७८, मंगलवार

चुम्बनका फाइदा र बेफाइदा दुबै छन् । चुम्बनले पनि रोग निम्त्याउन सक्ने चिकित्सकहरु बताउँछन् । तपाई एउटै स्ट्राले कोक पिउनुहुन्छ या एउटै चम्चाले आइसक्रिम खानुहुन्छ भने पनि सावधानी अपनाउनुपर्ने हुन्छ ।

चुम्बनबाट सर्ने यो रोगलाई ‘किसिङ डिजिज’ भनिन्छ । दिल्लीका मेडिकल अफिसर डा. अनुराग शर्माका अनुसार चुम्बनबाट गर्ने रोगलाई मेडिकल भाषामा संक्रामक मोनोन्यूक्लियोसिस वा ग्रन्थी ज्वरो भनिन्छ ।

डा. शर्माका अनुसार किसिङ रोग धेरै भाइरसबाट सर्ने गर्छ तर ९० प्रतिशत केसमा यो रोग मानिसको र्‍यालबाट हुने एपस्टेन बार भाइरस (ईबीभी) बाट सर्ने गरेको देखिएको छ ।

जब एक व्यक्ति चुम्बन गर्दा अर्को व्यक्तिको सम्पर्कमा आउँछ, तब यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ र त्यसपछि सम्पूर्ण शरीरमा फैलिन्छ।

अमेरिकी संस्था सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार चुम्बन रोगलाई मानव हर्पेस ४ पनि भनिन्छ । यो भाइरस हर्पीज फेमिलीको एक भाइरस हो । चिकित्सकका अनुसार यो रोग आफैँमा सीमित हुने रोग भए पनि उपचार पछि निको हुने बताउँछन् ।

यो भाइरस कसरी सर्छ ?

एपस्टीन बार भाइरसले सामान्यतया युवा र किशोरकिशोरीहरूलाई असर गर्छ । बालबालिकामा सङ्क्रमण भए पनि लक्षणहरू कम देखिन्छन् भने वृद्धहरूमा सङ्क्रमणको जोखिम कम हुन्छ । यो भाइरस रक्तसञ्चार, यौन सम्पर्क, खोक्दा र हाछ्युँबाट सर्छ ।

यसबाट कसरी बच्ने ?

किसिङ रोगको कुनै खास उपचार छैन। यो एक भाइरल रोग हो जहाँ एन्टिबायोटिकले काम गर्दैन । तसर्थ, रोग सहायक ट्रीटमेन्टबाट उपचार गरिन्छ । सामान्यतया यो रोगका लक्षणहरू १ महिनामा कम हुदै जान्छ यो रोगबाट बच्न कुनै खोप बनाइएको छैन ।

भाइरस शरीरमा प्रवेश गरेको १ हप्तापछि थकानसँगै ज्वरो आउने, शरिर दुख्ने र घाँटी दुख्ने जस्ता लक्षण देखिन्छन् । घाँटी दुखेको बेला कम बोल्नुहोस्। मनतातो पानीले कुल्ला गर्नुहोस् ।

-मुख र अन्य सरसफाइमा ध्यान दिनुहोस् ।

-परिवारमा कसैलाई पनि जुठा भाँडाकुँडाहरू प्रयोग गर्न नदिनुहोस् ।

-अरू कसैको गिलास प्रयोग नगर्नुहोस् ।

-खाना र ड्रिङ्स अरूसँग शेयर नगरी खानुहोस् ।

  • १ चैत्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech