हो म नर्स हुँ !

    •     प्रिति खड्का

  • २४ फाल्गुन २०७८, मंगलवार

सुखले हैन अनवरत दुःखले सिर्जिनु पर्ने पेशा मेरो नर्स हो ।

न त म कसैको पैँसा फलाईदिने बोट हो ।

न त समाजले फैलाइदिने खोट हो ।

कोही सोच्लान् पैँसाले भरिएको पर्स हुँ ।

हा..हा… हाँसो उठ्छ म त केवल नर्स हुँ ।

हो म नर्स हुँ ।

म त्यही नर्स हुँ ।।

 खाली पेट एसिडले भरिएर जलिरहँदा,

कहिल्यै काम खाली हुँदै नहुने हात

बिरामीका चोट र औषधी चलाईरहेका हुन्छन् ।

आफ्नै दिनभरको intake output nil हुँदा ।

बिरामीको intake output  को चासो मलाई ।

कामको चापले आफ्नै फोक्सो निसासिदा,

बिरामीको फोक्सो सुन्न stethoscope को पासो मलाई ।

हो म नर्स हुँ।

 

म त्यही अव्यक्त सकसमा सेवा गरिरहेकी नर्स हुँ ।।

 यतिका वर्ष अस्पतालमा practice  गरेर पनि

पढाई सक्ने बित्तिकै जागिर दिन unpractical भयो रे ।

विश्वबाट दासत्व हट्दा पनि मेरो कामलाई दासत्वमै राखिराख्ने ?

बिना पारिश्रमिक Volunteer गराउने system कहिले जाने ?

यति धेरै नर्स उत्पादन भईरहँदा सम्मानका साथ

उचित तलब पाएर जागिर मैले कहिले खाने ?

हो म नर्स हुँ 

 

म यीनै मौन प्रश्नको जवाफ खोजिरहेकी नर्स हुँ ।।

जसलाई समाजिक संजालमा

असामाजिक तरिकाले दिनहँ troll को सिकार बनाइन्छ ।

देख्नेहरुलाई मेरा हालत सायद सजिलै लाग्दो हो।

तर उनीहरु के जान्दा हुन् ?–

मेरो मस्तिष्कमा लुकेका अक्षरमा नअटाउने तनावहरु ।

मेरो चिटिक्क परेको uniform,समिएको चुल्ठो

अनि ओठको भ्रामक मुस्कानले नदेखाउने गहिरा भावहरु ।

 मेरो देशमा मेरो कामको सम्मान नभएको देख्ने कमै छन् ।

म विदेशिएकोमा PR green card वाला troll बनाउनेहरु हो !

म भन्दिन respect देउ,

त्यो त आफ्नै व्यवहारले कमाउने हो ।

मेरो कार्यक्षेत्र काम गर्न योग्य बनाउने जिम्मेवारी त

राष्ट्रले पो समाउने हो ।

नवजात शिशुले आमाको कोख छोडेर

संसारमा आउँदाको पहिलो आशावादी चित्कार

अनि मृत्युको भयावह चित्कार….

उफ्…समेत भन्न नपाई सुनिहेको म मजबुर कर्ण हो ।

हो म नर्स हुँ।

म त्यही नर्स हुँ ।।

 (प्रितिभेरी अस्पतालकी नर्स हुनुहुन्छ )

  • २४ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech