न औषधी, न अप्रेशन, यसरी गर्न सकिन्छ रोगको निदान

    • स्वास्थ्य पेज

  • २२ फाल्गुन २०७८, आईतवार

प्रकृतिले शरीरको रचना यसरी गरेको छ कि, अधिकांश रोगको उपचार हामी आफैभित्र छ । अकुप्रेसर पद्धती त्यही अनुरुप विकास भएको हो, जसले शरीरको विशेष विन्दुहरुमा दबाव पैदा गरेर रोग निर्मुल पार्छ । यसको कुनै साइड इफेक्ट छैन । स्वस्थ्य अवस्थामा पनि अकुप्रेसर विधी अपनाउन सकिन्छ, जसले शरीरलाई स्थिर र शान्त राख्छ । साथै कुनै उपचार गराइरहेको छ भने पनि त्यससँगै अकुप्रेसर गर्न सकिन्छ । अकुप्रेसर एकदमै प्राकृतिक उपचार विधी हो ।

अक्युप्रेसर के हो त ?

चिकित्साको थुप्रै पद्धतीमध्ये अकुप्रेसर एक उत्कृष्ट तरिका हो । चिनियाँ भाषाको ‘एक्यु’बाट यसको विकास भएको छ, जसको अर्थ हो पोइन्ट अर्थात विन्दु । शरीरको खास विन्दुमा सूईले दबाव दिएर रोगको उपचार गरिने पद्धती । साथै हात वा अन्य कुनै वस्तुले दबाएर पनि यो विधी अपनाउन सकिन्छ ।

हाम्रो शरीरको केहि बिन्दुले केहि रोगको निदान गर्ने सामथ्र्य राख्छ । यदि त्यस विन्दुमा विशेष किसिमले दबाव दिइयो भने, शरीरका सम्बन्धित रोगबाट छुटकारा मिल्छ । शरीरका यी विन्दुमा बायोइलेक्टि्रकल आवेग पैदा हुन्छ र उर्जा प्रवाह गर्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ साथै मांसपेशीमा आरम पनि । चिन्ता र तनाव समेत हटाउँछ ।

– अकुप्रेसरमा के मानिन्छ भने, हाम्रो शरीरमा बाह्र च्यानल हुन्छ, जो शरीरको प्रत्येक हिस्सासँग सम्बन्धित छ । यो च्यानल अन्ततः तान्त्रिक तन्त्रसँग जोडिन्छ ।

– जब शरीरको कुनैपनि भागमा रोकावट हुन्छ तब, अकुप्रेसरको माध्यामाबट त्यसमा दबाव दिइन्छ । त्यही दबावले उक्त रोकावट हट्छ । फलतः रक्त प्रवाह हुन्छ । अक्सिजन र सकारात्मक उर्जाको समुचित प्रवाह हुन्छ ।

– अकुप्रेसरले रोग निवारण मात्र गर्दैन, यसले राम्रो र स्थिर जीवन पनि सुनिश्चित गर्छ ।

– अकुप्रेसरलाई अन्य चिकित्सा विधीसँगै अपनाउन सकिन्छ ।

अकुप्रेसरको प्रभाव

– स्नायु संस्थानमा व्याप्त विकृति हटाउन ।

– मांसपेशीमा आवश्यक लचकता ल्याउन ।

– छालामा स्फूर्ति पैदा गर्न ।

– शरीरको आवश्यक तत्वमा रक्त प्रवाह राम्ररी गराउन ।

१० प्रमुख अकुप्रेसर प्वाइन्ट

ज्वइनिङ द भ्याली – यो विन्दु बुढी औंला र चोर औंलाको बीचमा हुन्छ । यहाँ दबाउँदा टाउको दुखेको, दाँत दुखेको, गर्दन दुखेको, काँध दुखेको, कब्जियत भएको ह्याङओभर भएको अवस्थामा राहत मिल्छ ।

पेरिकार्डियम– यो प्वाइन्ट हात्केलाभन्दा लगभग दुई औंला तल नाडीमा हुन्छ । यहाँ दबाउँदा बेचैनी, ज्वरो, वान्ता, पेटको गडबडी, छाती दुखेको ठिक हुन्छ ।

थर्ड आई प्वाइन्ट– यो विन्दु दुबै आँखी भौंको मध्य र नाकको ठीक माथि हुन्छ । मानसिक शान्ति, स्मृति क्षमता बढाउन तथा तनाव, थकान, टाउको दुखाईको समस्याबाट पार पाउनका लागि त्यही विन्दुमा दवाउनु पर्छ ।

सी अफ ट्र्यांकुलिटी- यो विन्दु छातीको ठीक विचमा हुन्छ । यहाँ दबाउँदा एग्जाइटी, नर्वसनेस, डिप्रेसन, हिस्टीरिया र इमोसनल समस्यामा फाइदा मिल्छ ।

लेग थि्र माइल्स- यो विन्दु घुँडाको तल लगभग चार औंलाको दुरीमा हुन्छ । त्यहाँ दबाउँदा अपच, पखला, कब्जियत, पेट फुलिएको, ग्याष्ट्रिक, पेटको दुखाई जस्तो समस्या हट्छ ।

कमान्डिङ मिडिल- यो विन्दु घुँडाको ठीक पछाडिको भागमा हुन्छ । त्यहाँ दबाउँदा कम्मरको दुखाई, घुँडाको दुखाई आदि ठीक हुन्छ ।

इयर प्वाइन्ट- यो प्वाइन्ट कानको माथिल्लो भागमा हुन्छ । त्यहा दवाब दिएपछि चुरोटको लत, तनाव, डिप्रेसन, अनिन्द्रा आदिको समस्या हट्छ ।

ह्याभेनली पिलर प्वाइन्ट– यो प्वाइन्ट गर्दन र टाउकोको ठीक मध्य भागमा हुन्छ । तनाव, थकान, गर्दन दुखाई हटाउनका लागि त्यहाँ दबाउनु पर्छ ।

स्याकरल प्वाइन्ट– यो विन्दु मेरुदन्डको सबैभन्दा अन्तिम भागमा हुन्छ । यहाँ दवाउँदा मासिक श्राव सम्वन्धि अनियमिततामा राहत मिल्छ ।

बिगर रशिङ्ग – यो विन्दु खुट्टाको बुढी औंला र अन्य औंलाको बिचमा हुन्छ । आँखाको थकान, ह्याङओभर हटाउन त्यहाँ दबाउनु पर्छ । साथै यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

  • २२ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech