चायाँबाट कसरी जोगिने ?

    • स्वास्थ्य पेज

  • ७ फाल्गुन २०७८, शनिबार

हाम्रो छालामा इपिडर्मिस, डर्मिस तथा सब क्युटेनियस टिस्यु गरी तीन तह हुन्छन् ।

इपिडर्मिसको सबैभन्दा तल्लो तहमा मेलानोसाइड भन्ने कोशिका हुन्छ जसले छालालाई रंग दिने काम गर्छ ।

छालामा चायाँ–पोतो तथा दाग–धब्बाहरू पनि यही मेलानोसाइडका कारण आउँछन् ।

छालामा चायाँ–पोतो आउनुमा वंशानुगत हार्मोन तथा घामको विकिरण (अल्ट्रा–भ्वाइलेट रे) को मुख्य भूमिका हुन्छ ।

यो समस्याको समाधानका लागि डाक्टरी उपचारका साथै बिहान १० देखि २ बजेसम्मको घामबाट जोगिने, सनस्क्रिन लगाउने, छाता बोक्ने, ह्याट लगाउनेजस्ता उपाय अपनाउन सकिन्छ ।

 

  • ७ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech