हर्मोनमा समस्या : यी हुन् पाँच लक्षण

    • स्वास्थ्य पेज

  • २४ माघ २०७८, सोमबार

मानव शरीर भित्री अङ्गप्रत्यङ्ग तथा विभिन्न तत्वहरूले नियन्त्रित छ । शरीरका विभिन्न कार्यहरू हर्मोनबाट नियन्त्रित छन् । शारिरीक तथा मानसिक तन्दुरुस्तीका लागि हर्मोन महत्वपूर्ण छ । यसमा कुनै समस्या वा रोकावट आए कयौँ मानसिक तथा शारिरीक गडबडी हुन्छन् । हर्मोनमा समस्या हुँदा विभिन्न लक्षणहरू हुन सक्छन् ।

छालाको रङ परिवर्तन
परिवर्तन भएको कुरा देखिने पहिलो स्थान छाला नै हो । डन्डीफोर आउनु असन्तुलित भोजन तथा हाइजिन खानाको कमीले हुन्छ । चिउडो वरपर डन्डीफोर आउनुलाई टेस्टोरोन वृद्धिको सङ्केत मान्न सकिन्छ । तर बारम्बार यस्तो भएमा विज्ञसँग परामर्श लिनुपर्छ ।

अत्यधिक गर्मी महसुस भएर ब्यूँझिने
समान्य अवस्थामा आधा राति अत्यधिक गर्मी महसुस भएर ब्यूँझनुलाई सामान्य ठान्नु हुँदैन । महिलामा रातमा पसिना आउनुको कारण एस्ट्रोजेन हर्मोनको आवश्यक मात्रा कम हुनु हो । एस्ट्रोजेन कम हुनु भनेको महिनावारी समय अगावै रोकिनुको संकेत हो । यदि राति सुतेको बेला अनायशै पसिना आउने भएमा विज्ञ चिकित्सकसँग परामर्श लिनु बुद्धिमता हुनेछ ।

थकान महसुस
थकान महसुस धेरै कारणले हुन सक्छ । अनिदो, धेरै समयसम्म यात्रालगायतका विभिन्न कारण थकान महसुस हुनसक्छ । तर लगातारको थकानले भोक, निद्रा तथा तौलमै परिवर्तन भएमा हर्मोन असन्तुलित भएको बुझ्न सकिन्छ ।

रौँको अस्वभाविक वृद्धि तथा रङमा परिवर्तन
रौँको अस्वभाविक तथा अत्यधिक वृद्धि एवम् यसको रङमा परिवर्तन हुनु हर्मोन परिवर्तनको संकेत हो । छातीको रौँ गाढा कालो भएर जानु अत्यधिक टेस्टोरोन हुनु हो ।

अनियमित महिनावारी
महिलामा अनियमित महिनावारी हुनु प्रजनन स्वास्थ्यका लागि राम्रो होइन । धेरै तनाव लिने तथा एस्ट्रोजेन हर्मोन कमी कमी हुने लगायतका समस्याले महिनावारी अनियमित हुन्छ । यस्तो समस्या समाधानका लागि विज्ञको सल्लाहअनुसार नियमित व्यायाम गर्ने, सन्तुलित आहारा खानेलगायत गर्न सकिन्छ ।

(टाइम्स अफ इन्डियाबाट)

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech