एकैदिन ५ हजार २ सय ९२ जनामा कोरोना पुष्टि, ८ हजार १ सय ९१ जना निको

    • स्वास्थ्य पेज

  • १७ माघ २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्जः लगातार तेस्रो दिन आज सोमवार पनि कोरोनाका थपिने सङ्क्रमितको भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार एक सय ९१ जना निको भएका छन् भने पाँच हजार दुई सय ९२ जना सङ्क्रमित थपिएका छन् । निको भएका थप आठ हजार एक सय ९१ जनासहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ६२ हजार आठ सय ९८ पुगेको छ ।

अहिले नेपालमा ७९ हजार दुई सय ७२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै एन्टिजेन र पीसीआर गरी १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा पाँच हजार दुई सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सङ्ख्यामा एसएमएस र इमेलबाट प्राप्त भएको आरडीटी र एन्टिजेनको विवरण पनि समावेश भएको मन्त्रालयको भनाइ छ ।

यस्तै कोरोना सङ्क्रमणका कारण २४ घण्टामा आठ जनाको ज्यान गएको छ । थपिएका आठ जनासँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार सात सय ४३ पुगेको छ ।

यस्तै थप तीन लाख ६६ हजार ६ सय तीन जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड ६६ लाख ७० हजार सात जनाले कम्तीमा एक मात्रा, एक करोड ४२ लाख चार हजार दुई सय ७० जनाले दुई मात्रा र तीन लाख ६९ हजार दुई सय २६ जनाले ुबुस्टरु मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

  • १७ माघ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech