२५ लाख डोज खोप काण्डः बाँकेका आठवटै पालिकासहित ७५३ पालिकासँग खोपको अभिलेख माग

    • स्वास्थ्य पेज

  • १७ माघ २०७८, सोमबार

नेपालगन्जः कोरोनाभाइरसविरुद्धको २५ लाख डोज खोप हराएको हल्ला बाहिरिएपछि सरकारले खोजी सुरु गरेको छ । नेपाल भित्रिएको, लगाइएको र मौज्दात खोपको अभिलेख फरक भएपछि मन्त्रालयले देशका सबै स्थानीय तहमा हराएको भनिएको खोपको खोजी थालेको हो ।

खोप अभिलेख छानबिनका लागि स्वास्थ्य मन्त्रालयले गठन गरेको समितिले आज सूचना जारी गरी बाँकेका आठ वटा पालिकासहित देशभरीका ७५३ वटै पालिकासँग खोपको अभिलेख माग गरेको छ।

अहिलेसम्म खोप लगाएका व्यक्तिहरुको विवरण र मौजाद खोपको विवरण माघ २१ गतेसम्म अनिवार्य सिस्टममा अपडेट गर्न आग्रह गरेको छ।

२४ लाख मात्रा खोप हराएको खुलासा भएपछि मन्त्रालयले सूचना जारी गर्दै तथ्याङ्क डीएचआईस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न सूचना जारी गरेको हो। हिजोमात्रै मन्त्रालयले सो सम्बन्धी छानविन गर्न ५ सदस्यीय समिति गठन गरेको थियो।

पहुँचका आधारमा विना विवरण धेरै व्यक्तिहरुलाई खोप लगाइएको र कर्मचारीहरुले खोप बेचेको भन्ने आरोप लागिरहेको छ ।

गतसाता संसदीय समितिमा बोल्दै स्वास्थ्य सचिव रोशन पोखरेलले २५ देखि २६ लाख डोज खोप हराएको बताएका थिए ।

  • १७ माघ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech