बाँकेमा थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १७ माघ २०७८, सोमबार

नेपालगन्जः बाँकेमा आज थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ७७ र एन्टिजेन परीक्षणमा १२ गरी थप ८९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा १४४ जनाको नमुना जाँच्दा ७७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा ५५, कोहलपुर मेडिकल कलेजमा १६ र बागेश्वरी ल्यावमा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै जमुना नाकामा २४९ जनाको एन्टिजेन जाँच गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये बाँकेका २४ जना छन् ।

योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ६ सय ६८ पुगेको छ । यस्तै थप ५२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ७६८ पुगेको छ ।

हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८५६ रहेको छ । एक जना सिकिस्त विरामी छन् । एकजनाको भेन्टिलेटरमा उपचार चल्दै गर्दा ३३ जना मध्यम खाले विरामी छन् ।

  • १७ माघ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech