कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु

    • स्वास्थ्य पेज

  • १६ माघ २०७८, आईतवार

नेपालगन्जः कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको छ ।

त्यस्तै माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

  • १६ माघ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech