प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन मन्त्रालयको आग्रह

    • स्वास्थ्य पेज

  • १६ माघ २०७८, आईतवार

नेपालगन्जः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन आग्रह गरेको छ ।

विभिन्न सङ्घ–संस्था तथा नियोगहरूले सरकारले तोकेको किट प्रयोग गरेर एन्टिजेन परीक्षण गर्ने गरेकोमा त्यसको विवरण प्राप्त नभएको भन्दै मन्त्रालयले यस्ताे आग्रह गरेको हो । प्रयोगशालाबाहिर भएका परीक्षणको यकिन विवरण प्राप्त नहुँदा महामारी नियन्त्रणमा समस्या हुने भन्दै मन्त्रालयले जहाँ जोसुकैले परीक्षण गरेको भए पनि त्यसको विवरण पठाउन भनेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले निकाल्नुभएको अपिलमा प्रतिवेदन पठाउने ढाँचासमेत उल्लेख छ ।

 

  • १६ माघ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech