बाँकेका विद्यालय आज होइन १९ र २० गते हो खुल्ने (कुन उमेरका विद्यार्थी जाने ?)

    • स्वास्थ्य पेज

  • १६ माघ २०७८, आईतवार

नेपालगन्जः बाँकेका विद्यालयहरु यही १९ र २० गते खुल्ने भएका छन् । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै कोरोना विरुद्धको खोप दिइने भएकाले दुई दिन विद्यालय खोल्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

बालबालिकालाई मोर्डना खोप दिइने छ । सरकारले कोरोना संक्रमण तीब्र गतिमा फैलिएपछि माघ १५ गतेसम्म विद्यालय बन्द गरेको थियो । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिने भनिएपछि पाँच दिनका लागि विद्यालय खोल्ने निर्णय गरेको थियो ।

तर भाइरस संक्रमणको जोखिम कायमै रहेकाले माघ मसान्तसम्म विद्यालय नखोल्न सिफारिस गरिएको छ । बाँकेका सिडिओ खत्रीका अनुसार अझै पनि बाँके कोरोना भाइरस संक्रमणको हटस्पट छ ।

यहाँ दैनिक एक सय बढीको संख्यामा संक्रमित थपिरहेका छन् । संक्रमण पुष्टि हुनेहरुमा बालबालिकाको संख्या पनि धेरै छ ।

  • १६ माघ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech