बुस्टर डोज लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने

    • स्वास्थ्य पेज

  • १५ माघ २०७८, शनिबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो वा बुस्टर डोज लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने जनाएको छ।  डब्ल्युएचओ एसएजीई (स्टार्टेजिक एड्भाइजरी ग्रुप अफ एक्सपर्ट अन इम्युनिजेसन) को माघ ७ गते र  राष्ट्रिय खोप सल्लाहकार समितिको माघ १२ गतेको सिफारिसका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माघ १४ गते शुक्रबारको मन्त्री स्तरीय निर्णय अनुसार बुस्टर मात्रा लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने भएको हो।

६० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्र कोभिसिल्ड/ एस्ट्राजेनेका, मोर्डना/फाइजर वा भेरोसेल खोपल लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै पहिलो मात्रा खोप लगाएकाहरुलाई दोश्रो मात्रा दिन सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका दिने निर्णय भएको छ।

विदेशमा पहिलो मात्रा कोभिसिल्ड/एस्ट्राजेनेका/भेरोसेल/मोर्डना/ फाइजर खोप लगाएकाहरुको हकमा दोश्रो मात्राको रुपमा कोभिसिल्ड/एस्ट्राजेनेका खोप प्रदान गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

  • १५ माघ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech