थपिए ४९०४ संक्रमित, ५९२४ जना संक्रमणमुक्त

    • स्वास्थ्य पेज

  • १५ माघ २०७८, शनिबार

नेपालगन्जः देशभर पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ र एन्टिजेन विधिबाट १ हजार ५८६ जना गरि ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार ५ हजार ९२४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ रहेको छ ।

  • १५ माघ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech