माघ मसान्तसम्म बिधालय नखुल्ने

    • स्वास्थ्य पेज

  • १४ माघ २०७८, शुक्रबार

नेपालगन्ज: कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्री (सीसीएमसी) ले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठकमा रोक लगाउने निर्णय माघ मसान्तसम्म कायमै राख्न सरकारलाई सिफारिस गरेको छ ।

सीसीएमसीको शुक्रबार बसेको बैठकले यस्तो सिफारिस गरेको हो । बैठकले विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षा भने स्वास्थ्य मापदण्ड अपनाएर गर्न अनुमति दिन सिफारिस गरेको छ ।

सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले भ्याक्सिनेसन (खोप अभियान) का लागि विद्यालय खोले पनि पठनपाठनका लागि भने माघ मसान्तसम्म नखोल्न सिफारिस गरिएको जानकारी दिनुभयो ।

‘माघ मसान्तसम्मका सिफारिस गरेका छौँ । क्याबिनेटबाट के निर्णय हुन्छ ?’ उहाँले भन्नुभयो- ‘हामीले चाहिँ सबैले खोल नलगाइसकेको अवस्थाले गर्दा माघ मसान्तसम्म भ्याक्सिनेसनका लागि खोल्ने र वैकल्पिक माध्यमबाट नै कक्षाहरू सञ्चालन गर्न सिफारिस गरेका छौँ ।’

त्यस्तै सार्वजनिक सवारीमा ट्याक्सी र मिनी सवारीलाई जोर विजोर प्रणाली नै यथावत राखी अरु सार्वजनिक यातायात सबै खुलाउने सिफारिस गरिएको नेपालले बताउनुभयो ।

 

  • १४ माघ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech