बाँकेमा कोरोनालाई जित्नेको संख्या बढ्यो

    • स्वास्थ्य पेज

  • १४ माघ २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा आज थप एक सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

एक सय ६० पीसीआर परीक्षणबाट ९३ र दुई सय ४८ एन्टिजेन परीक्षणबाट २२ जना गरी कूल एक सय १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा ९३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा ५७ जना, कोहलपुर मेडिकल कलेजमा ३१ जना र बागेश्वरी ल्यावमा ५ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

जमुनाह नाकामा दुई सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा २२  जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लामा समग्र संक्रमण दर ५८ दशमलव १ प्रतिशत रहेको छ । बाँकेमा थप ७८ जना निको भएका छन् । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ९ सय ३४ पुगेको छ ।

  • १४ माघ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech