चार महिने शिशु, गर्भवतीसहित बाँकेमा आज पनि ठूलो संख्यामा कोरोना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १३ माघ २०७८, बिहीबार

तस्विरः फाइल

नेपालगन्जः बाँकेमा आज थप एक सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक सय ८२ पीसीआर परीक्षण र तीन सय ३७ एन्टिजेन परीक्षणबाट ६४ जना गरी कूल एक सय ९६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा एक सय ३२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा ५९ जना, कोहलपुर मेडिकल कलेजमा ५६ जना र बागेश्वरी ल्यावमा १७ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

जमुनाह नाकामा दुई सय ८४ जनाको एन्टिजेन परीक्षण गर्दा २४ र कोहलपुर नगरपालिका कार्यालयमा ५३ जनाको एन्टिजेन जाँच गर्दा ४० जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ८० प्रतिशतबढी बाँकेका छन् ।

४ महिने शिशुसहित गर्भवती समेत संक्रमणको चपेटामा परेका छन् । धेरैजस्तोलाई कोरोनाको लक्षण चिन्ह देखिएको छ । जिल्लामा समग्र संक्रमण दर ७२ दशमलव २ प्रतिशत रहेको छ । बाँकेमा थप ७७ जना निको भएका छन् । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ९ सय २३ पुगेको छ ।

भाइरस संक्रमण तीब्र गतिमा फैलिरहेपनि मानिसहरुमा स्वास्थ्य मापदण्ड पालना गर्ने सवालमा गम्भीर नभएको देखिएको छ ।

अनावश्यकरुपमा भिडभाडमा जाने, मास्कको प्रयोग नगर्ने, भौतिक दुरी कायम नगर्ने, सरसफाइमा ध्यान नदिने, संक्रमितसँगै बस्ने गरेका कारण संक्रमण भयावह बन्दै गएको हो ।

अस्पतालमा समेत संक्रमितको चाप बढ्न थालेको छ । अस्पतालमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी समेत धमाधम संक्रमित हुन थालेपछि उपचार सेवामै प्रभावित हुने जोखिम बढेको छ ।

  • १३ माघ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech