कोहलपुरमा ५३ जनाको एन्टिजेन जाँच गर्दा ४० जनामा कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • १३ माघ २०७८, बिहीबार

नेपालगन्जः बाँकेको कोहलपुरमा आज एकै दिन ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोहलपुर नगरपालिकाले पालिका कार्यालयमा ५३ जनाको एन्टिजेन परीक्षण गरेकोमा ४० जनामा भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमित सबै कोहलपुर क्षेत्रका हुन् । संक्रमण पुष्टि भएकाहरुमा गर्भवती समेत परेका छन् । अधिकांशमा लक्षण चिन्ह देखिएको छ ।

भाइरस संक्रमणको जोखिम बढेसँगै नगरपालिकाले सातामा दुई दिन सोमवार र विहीबार लक्षण चिन्ह देखिएका र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको कोरोना जाँच गर्दै आएको छ ।

  • १३ माघ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech