भिजन आँखा अस्पतालले अत्याधुनिक मोडुलर अप्रेशन थियटर सञ्चालनमा ल्याउँदै

    • स्वास्थ्य पेज

  • १२ माघ २०७८, बुधबार

नेपालगन्ज: नेपालगन्जस्थित भिजन आँखा अस्पतालले नेपालमै पहिलो पटक आँखाको लागि अत्याधुनिक मोडुलर अप्रेशन थियटर सञ्चालनमा ल्याउने भएको छ । अस्पतालका कारण बिरामीमा कुनै किसिमको इन्फेक्सन हुन नदिन अत्याधुनिक मोडुलर अप्रेशन थियटर सञ्चालनमा ल्याउन लागेको अस्पतालका सञ्चालक वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.प्रचण्ड गौतमले जानकारी दिनुभयो ।

सम्भवत नेपालका आँखा अस्पतालमा मोडुलर अप्रेशन थियटर थिएन, उहाँले भन्नुभयो -“यस प्रकारको सुविधाले बिरामीसँगै उपचारमा संलग्न चिकित्सकलाई पनि ढुक्क बनाउँछ ।” करिब ५० लाखको लागतमा भिजनले सेमि मोडुलर र मेन मोडुलर अप्रेशन थियटर तयार गरेको हो ।

निर्मुलिकरणको सवालमा पनि यो अत्यन्तै प्रभावकारी मानिने डा.गौतमको भनाई छ । अन्य अस्पतालहरुमा यसखाले अपरेशन थियटर भएको भएपनि आँखा अस्पतालमा भने अहिलेसम्म थिएन ।

भिजनले अत्याधुनिक मोडुलर अप्रेशन थियटरबाट केहिदिनमै बिरामीको शल्यकृया सुरु गर्ने तयारी गरेको छ । यसैबारे जानकारी दिन आज अस्पतालमै परिचयात्मक कार्यक्रम गरिएको थियो ।

अस्पतालमा अहिले सरदर ४-५ जनाको दैनिक शल्यकृया हुने गरेको छ । भारतबाट समेत उपचारका लागि बिरामी आउने यो अस्पतालमा खासगरी जलबिन्दु, मोतियाबिन्दु र दृष्टि पर्दाका बिरामीहरु शल्यकृयाका लागि आउने गरेका छन् ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech