८४५४ जना संक्रमित थपिए, सक्रिय संक्रमण ९० हजार नाघ्यो

    • स्वास्थ्य पेज

  • १२ माघ २०७८, बुधबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा मुलुकमा ८४५४ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुना (५५७१ पीसीआर र ६८१० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्ण पौडेलले ४१.१ दैनिक संक्रमणदर भएको बताउनुभयो । उहाँले संक्रमणदर उकालो लागिरहेको समेत जनाउनुभयो ।

बुधबार थप ४४३३ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

संक्रिय संक्रमित संख्या ९० हजार नाघेको छ । २ लाख ५६ हजार ४१६ जनाले पछिल्लो २४ घण्टामा कोभिडविरुद्धको खोप लगाएका छन् ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech