भेरी अस्पतालमा १६ वर्षीय कोरोना संक्रमित बालकको मृत्यु

    • स्वास्थ्य पेज

  • १२ माघ २०७८, बुधबार

नेपालगन्जःकोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा आज एकजना बालकको मृत्यु भएको छ । शुभकालिका–५ कालिकोटका १६ वर्षीय बालकको उपचारका क्रममा विहान सवा ११ बजेतिर मृत्यु भएको हो ।

बाख्रा चराउ गएको बेला ती बालक लडेर घाइते भएका थिए । उनलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो । उपचारका क्रममा उनलाई माघ चार गते कोरोना पुष्टि भएको थियो ।

त्यसको भोलीपल्ट भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । उनले कोरोना विरुद्धको कुनै पनि खोप नलगाएको पाइएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका चार सय ३९ पुगेको छ ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech