दुर्घटनामा परी मेडिकल अध्ययनरत सातजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ११ माघ २०७८, मंगलवार

नेपालगन्जः दुर्घटनामा परी मेडिकल अध्ययनरत सातजनाको मृत्यु भएको छ ।

भारतको वर्धामा भएको एक कार दुर्घटनामा भारतीय जनता पार्टीका सांसदका छोरासमेत गरी सात जनाको घटनास्थलमै मृत्यु भएको छ । सवांगीको दत्ता मेघे मेडिकल कलेजमा अध्ययनरत उनीहरू परीक्षा सकेर वर्धा फर्किरहेका बेला यो दुर्घटना भएको हो । प्रारम्भिक जानकारीका अनुसार कार चालकले नियन्त्रण गुमाएका कारण गाडी पुलबाट तल झरेको थियो ।

ज्यान गुमाउनेमा भाजपाका विधायक विजय रहांगदालेका छोरा आविष्कार पनि पर्नुभएको छ । दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ । भारत सरकारले दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई जनही दुई लाख रुपैयाँ उपलब्ध गराउने घोषणा पनि गरेको छ ।

  • ११ माघ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech