कोरोनाबाट कोहलपुरकी महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • ११ माघ २०७८, मंगलवार

तस्विरः फाइल

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–२ की ७० वर्षीया महिलाको आज बिहान ७ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

माघ ८ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

उनको मृत्युसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाका मृतकको संख्या तीन सय ४६ पुगेको छ ।

  • ११ माघ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech