दाङमा खोपका लागि आवश्यक पर्ने सिरिन्ज अभाव

    • स्वास्थ्य पेज

  • १० माघ २०७८, सोमबार

नेपालगन्जः दाङमा खोपका लागि आवश्यक पर्ने सिरिन्ज अभाव भएको छ । सरकारले कोरोना खोपका लागि आवश्यकता भन्दा कम सिरिन्ज जिल्लामा पठाउँदा खोप अभियान संचालन भइरहेका समयमा सिरिन्ज अभाव भएको हो ।

सरकारले खोपभन्दा केही प्रतिशत बढी सिरिन्ज उपलव्ध गराउनुपर्ने भएपनि खोपको डोजभन्दा कम सिरिन्ज पठाउँदा जिल्लामा अहिले सिरिन्ज नभएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले जानकारी दिनुभयो ।

सरकारले जिल्लाका लागि हालसम्म झण्डै ४ चारलाख २० हजार कोरोना खोप उपलब्ध गराएको छ । ४ लाख २० हजार खोपका लागि करिब ४ लाख ५० हजार सिरिन्ज आवश्यक पर्ने हो । तर सरकारले झण्डै ४ लाख मात्र सिरिन्ज उपलव्ध गराउँदा त्यसको असर खोपमा परेको छ ।

  • १० माघ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech