किशोरकिशोरीलाई लगाइने १६ लाख ६० हजार डोज मोडर्ना खोप आइपुग्यो

    • स्वास्थ्य पेज

  • १० माघ २०७८, सोमबार

नेपालगन्जः कोरोना भाइरसविरुद्धको किशोरकिशोरीलाई लगाइने १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार सोमबार १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको हो।

यस्तै भोलि २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्ने उहाँले बताउनुभयो। यो खोप सरकारले विश्व बैंकको सपोर्टमा कोभ्याक्स सुविधा अन्तर्गत खरिद गरेको चौरासियाको भनाइ छ।

उहाँका अनुसार खोपसँगै सिरिञ्ज भने ल्याइएको छैन। उक्त खोपका लागि आवश्यक पर्ने सिरिञ्जको व्यवस्था सरकारले आफै गरेको हो। सरकारले खोपका लागि आवश्यक पर्ने सिरिञ्ज खरिद सम्झौता गरी ल्याइरहेको छ।

सरकारले आँफैले खरिद गर्नेगरी सम्झौता गरेको २ करोड ४ लाख सिरिञ्ज मध्ये ५० लाख सिरिञ्ज भने आइसकेको चौरासियाले बताउनुभयो।

यस्तै चीन सरकार मार्फत पनि आइतबार मात्र २० लाख सिरिञ्ज आइपुगेकाले नेपालमा सिरिञ्ज अभाव नभएको उहाँले जानकारी दिनुभयो।

  • १० माघ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech