बाँकेमा तेस्रो लहर सुरु भएयताकै आज धेरै संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १० माघ २०७८, सोमबार

तस्बिर:फाइल

नेपालगन्जः बाँकेमा आज एक सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएयताको बाँकेमा सबैभन्दा उच्च हो ।

एक सय ३७ जनामा पीसीआर परीक्षणबाट र ६२ जनामा एन्टिजेन विधिबाट जाँच गर्दा संक्रमण पुष्टि भएको हो । जिल्लाका तीन वटा पीसीआर प्रयोगशालामा एक सय ९५ नमुना परीक्षण भएकोमा एक सय ३७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा एक सय २३ जनाको नमुना जाँच गर्दा ९१, मेडिकल कलेज कोहलपुरमा ४४ जनाको नमुना जाँच गर्दा ३० र बागेश्वरी ल्यावमा २८ नमुना जाँच गर्दा १६ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

यस्तै जमुनाह नाकामा चार सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै कोहलपुर नगरपालिकाले आजदेखि सुरु गरेको एन्टिजेन परीक्षणमा ४४ जनाको नमुना जाँच गर्दा ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका प्रमुख पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । यस्तै आज थप ३९ जना डिस्चार्ज भएका छन् ।

  • १० माघ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech