कोहलपुरमा आजदेखि निःशूल्क कोरोना परीक्षण

    • स्वास्थ्य पेज

  • १० माघ २०७८, सोमबार

कोहलपुरः कोरोनाको हरस्पट बनेको बाँकेको कोहलपुरमा आजदेखि निःशूल्क एन्टिजेन विधिमार्फत कोरोनाको चेकजाँच गरिने भएको छ । कोहलपुर नगरपालिकाले विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म लक्षण चिन्ह देखिएका र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको निःशूल्क एन्टिजेन विधिमार्फत कोरोना जाँच गर्न लागेको हो ।

कोहलपुर नगरपालिकाको सभाहलमा कोरोना जाँच हुनेछ । नगरपालिकाले हप्तामा सोमवार र विहीबार दुई दिन कोरोना जाँच गर्ने उपमेयर संजुकुमारी थारुले जानकारी दिनुभयो । कोरोना भाइरस महामारीको तेस्रो लहर फैलिएसँगै नेपालगन्ज र कोहलपुर हटस्पट बनेको छ ।

पहिलो र दोस्रो लहरमा पनि बाँके कोरोनाको हटस्पट बनेको थियो । पछिल्लो साता यता परीक्षण गरिएकामध्ये ६० प्रतिशत बढीमा भाइरस संक्रमण पोजेटिभ देखिरहेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । उहाँका अजुसार संक्रमित अधिकांश नेपालगन्ज र कोहलपुरलगायतका बजारी क्षेत्रका छन् ।

  • १० माघ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech