डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी, तीनजना पक्राउ

    • स्वास्थ्य पेज

  • ९ माघ २०७८, आईतवार

नेपालगन्जः चिकित्सा शिक्षा आयोगले लिएको एमडी र एमएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् ।

प्रवेश परीक्षामा अर्कै विद्यार्थीको नाममा परीक्षा दिँदै गरेको भटिएपछि कलंकीको एलआरआई स्कुलबाट भारतीय नागरिक जितेन्द्रकुमार मिश्रा पक्राउ परेका छन् ।

मिश्रलाई सहयोग गर्ने अर्को भारतीय नागरिक बिहारका शशिभुषण सिंह पनि पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी श्यामकुमार महतोले बताउनुभयो ।

उहाँका अनुसार प्रहरीले परीक्षामा मर्यादित कार्य गरेको अभियोगमा भारतीय नगारिक कृष्ण मुरारीलाई पनि पक्राउ गरेको छ ।

उनी नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान, सानो भर्‍याङबाट पक्राउ परेका हुन् । थप अनुसन्धान जारी रहेको ब्यूरीले जनाएको छ ।

  • ९ माघ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech