कोरोनाको हटस्पट नेपालगन्ज र कोहलपुरमा आजपनि ठूलो संख्यामा थपिए संक्रमित

    • स्वास्थ्य पेज

  • ९ माघ २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्जः पछिल्लो समय कोरोनाको हटस्पट बनेको बाँकेको नेपालगन्ज र कोहलपुरमा आजपनि ठूलो संख्यामा संक्रमित थपिएका छन् । सबैभन्दा धेरै संक्रमित नेपालगन्ज बजार क्षेत्रका छन् ।

जिल्लाका दुईवटा प्रयोगशालामा १ सय १३ जनाको पीसीआर परीक्षण भएकोमा ७६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

मेडिकल कलेज कोहलपुरमा ४९ जनाको नमुना जाँच गर्दा ३१ र बागेश्वरी ल्याबमा ६४ नमुना परीक्षण गर्दा ४५ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ६३ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार १ सय २८ पुगेको छ । यस्तै आज थप २६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार २ सय ६४ पुगेको छ ।

  • ९ माघ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech