तनहुँमा ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित

    • स्वास्थ्य पेज

  • ९ माघ २०७८, आईतवार

नेपालगन्जः गण्डकी प्रदेशको तनहुँ जिल्लामा ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित बनेका छन् ।

तनहुँ जिल्लामा मात्रै ४२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई कोरोना देखिएको छ ।

अधिकांशलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीको सेवा बन्द गरिएको छ ।

शुक्लागण्डकी–४ दुलेगौडा बजारमा रहेको खैरेनीटार स्वास्थ्यचौकीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ । आँबुखैरेनी गाउँपालिकामा स्वास्थ्यकर्मीसहित १४ कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ।

यसबाहेक जिल्लाका विभिन्न ठाउँमा कार्यरत ४२ जनामा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

संक्रमित भएकाहरुमा ज्वरो आउने, टाउको भारी हुने, खोकी लाग्ने, जीउ दुख्ने, नाकबाट लगातार सिँगान बगिरहने र घाँटी खसखस हुने जस्ता लक्षण देखिएका छन् ।

  • ९ माघ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech