साढे सातवर्षपछि उनी नक्कली नर्स भएको पोल खुल्यो

    • स्वास्थ्य पेज

  • ९ माघ २०७८, आईतवार

नेपालगन्जः नेपाल नर्सिङ काउन्सिलले लाइसेन्स जारी भएको साढे सात वर्षपछि एक जना नर्स नक्कली भएको पुष्टि भएको जानकारी दिएको छ ।

काउन्सिलको लाइसेन्स पुन दर्ताका लागि पेश गरेकी सप्तरीकी रञ्जुकुमारी चौधरीको कागजपत्र अध्ययनका क्रममा उनी परिषद्मा दर्ता नभएको फेला पारिएको जनाएको छ ।

चौधरीले अर्कैको लाइसेन्स नम्बर आफ्नो बनाई दुरुपयोग गरेको खुलेपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको छ। चौधरीले आफ्नो लाइसेन्स नम्बर २६४६८ रहेको विवरण काउन्सिलमा पेश गरेकी थिइन्।

  • ९ माघ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech