धुवाँले निस्सासिएर ३ महिने शिशुको मृत्‍यु, दुईजना अझै अचेत

    • स्वास्थ्य पेज

  • ९ माघ २०७८, आईतवार

नेपालगन्जः धुवाँले निस्सासिएर ३ महिने शिशुको मृत्‍यु भएको छ । यो घटना भक्तपुरको दधिकोट गाम्चामा भएको हो ।

राती खाना खाई आगो तापेर सुतेका रामेछाप मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेश रम्तेल र २८ वर्षीया पसुना तामाङकी ३ महिनेको निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परीसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार अचेत अवस्थामा रहेका दुई जना (अभिषेक र उहाँकी श्रमति) को मध्यपुर अस्पतालमा उपचार भइरहेको छ भने अवस्था गम्भीर रहेको छ ।

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उहाँहरु सुर्यविनायक नगरपालिका–४ गाम्चा स्थित भावना थापाको जस्ताले छाएको घरमा २ वर्षदेखि डेरा बस्‍दै आएका थिए ।

  • ९ माघ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech