कोरोना महामारीको तेस्रो लहरमा सरकार गैरजिम्मेवार र निष्प्रभावी

सरकारलाई ओलीको प्रश्नः २४ लाख खोप कसले बेच्यो ?


    • स्वास्थ्य पेज

  • ९ माघ २०७८, आईतवार

नेपालगन्जः प्रमुख विपक्षी नेकपा एमालेले कोरोना महामारीको तेस्रो लहरमा सरकार गैरजिम्मेवार र निष्प्रभावी देखिएको बताएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विज्ञप्ति जारी गर्दै नयाँ लहरले जनजीवन आक्रान्त बन्दा पनि सरकार गैरजिम्मेवार बनेको बताएउनुभएको हो ।

२४ लाखभन्दा बढी खोप हराएको सरकारी अधिकारीहरुले नै स्वीकार गरेको भन्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो–‘कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ?’

अहिले पनि हजारौं नागरिक अझै खोपबाट बञ्चित रहेको भन्दै उहाँले अघि भन्नुभएको छ–अरु त अरु खोप लगाउन आवश्यक सिरिन्ज र अत्यन्त आधारभूत मानिएको औषधि सिटामोल समते उपलब्ध गराउन नसक्नुले सरकार कति गैर जिम्मेवार छ भन्ने प्रष्ट हुन्छ ।’

खोडकार्ड अनिवार्य हास्यास्पद

एमालेले सार्वजनिक सेवा उपयोगका लागि खोपकार्ड अनिवार्य गर्नु हास्यास्पद र विदेभकारी कदम भएको बताएको छ । सरकारले पुस मसान्तभित्र दुई तिहाई र चैतभित्र सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा गरेपछि हालसम्म ४० प्रतिशतले मात्र लगाएको एमालेको दाबी छ ।

अघिल्लो सरकारले व्यवस्था गरिदिएको खोपको आपूर्ति, व्यवस्थापना, भण्डारणमा समेत सरकार असक्षम भएको भन्दै एमाले अध्यक्ष ओलीले भन्नुभएको छ–‘तुलनात्मक रुपमा सहज अवस्थामा समेत नागरिकलाई पर्याप्त मात्रमा खोप लगाउन नसकिरहेको बेला सार्वजनिक सेवा उपयोगका लागि खोपकार्ड अनिवार्य भनेर हास्यास्पद र विभेदकारी कदम चालेको छ ।’

बजेट कटौती गरेकोमा विरोध

सरकारले अकारण स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेर जनस्वास्थ्यमाथि खेलबाड गरेको एमालेको आरोप छ । आफ्नो नेतृत्वको अघिल्लो सरकारले ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण अघि बढाएको र, त्यसका लागि ६ अर्ब १५ करोड बजेट विनियोजन गरेकोमा अहिलेको सरकारले १ अर्ब ५० करोड कटौती गरेको एमाले अध्यक्ष ओलीको वक्तव्यमा उल्लेख छ ।

 

  • ९ माघ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech