भेरी अस्पतालमा मंसिर २६ गतेपछि कोभिड संक्रमित ४१ वर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३ माघ २०७८, सोमबार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँकेमा आज थप एकजनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा दाङकी ४१ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

केन्द्रका फोकलपर्सन तेज वलीका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ की ती महिलालाई पुष ३० गते कोभिड पुष्टि भएको थियो । उनी त्यसैदिन भेरीको आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् ।

दुवै खोप नलगाएकी उनको स्वास्थ्यमा सुधार नआउँदा दिउँसो सवा एक बजे मृत्यु भएको हो । मंसिर २६ गते यता उनी बाहेक अरुको कोभिडबाट मृत्यु भएको थिएन् ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका मृतक संख्या चार सय ३७ पुगेको छ । अस्पतालमा अझै १८ जना संक्रमित उपचाररत रहेका छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ ।

  • ३ माघ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech