थप ४ हजार ६ सय ३६ जनामा कोरोना

    • स्वास्थ्य पेज

  • १ माघ २०७८, शनिबार

नेपालगन्ज: नेपालमा थप ४ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १५९१, ललितपुरमा ४८६ र भक्तपुरमा १४२ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौं उपत्यका बाहिर चितवनमा २०५, सुनसरी ११६, मोरङमा १०४, मकवानपुर ८३ र कास्कीमा ७३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ ।

  • १ माघ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech