‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस मनाइँदै

    • स्वास्थ्य पेज

  • १ माघ २०७८, शनिबार

नेपालगन्ज: आज सातौँ राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ । ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ। नेपालमा २०७२ सालदेखि हरेक वर्ष माघ १ गते योग दिवस मनाउने गरिएको छ ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । तर, बिलासी जीवनशैलीका कारण योग ओझेलमा परे पनि पछिल्लो समय योग र ध्यानमा आकर्षण बढ्दो छ ।

योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।

दिवसका अवसरमा योग समिति नेपालले नेपालगन्ज उपमहानगरपालिका वडा.नं ४ मा योगको महत्व लगायतका बारेमा छलफल गरेको छ । त्यस्तै कार्यक्रममै माघ मिलन समेत गरिएको बताईएको छ ।

  • १ माघ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech