एकैदिन ५ हजार बढीमा कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • ३० पुष २०७८, शुक्रबार

नेपालगन्ज: आज देशभर ५ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार २०४ जना र ७ हजार ८६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८८३ जना गरि कुल ५ हजार ८७ जनामा संक्रमण देखिएको हो ।

संक्रमणबाट निको भएर आज थप ३०६ जना डिस्चार्ज भएका छन् । देशभर १८ हजार २३५ जना संक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

पछिल्ला केहिदिन यता कोरोना संक्रमितको संख्या बढ्दो देखिएकाले स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न चिकित्सकहरुले आग्रह गरेका छन् ।

  • ३० पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech