बाँकेमा आजपनि ठूलो संख्यामा कोरोना संक्रमित थपिए, अधिकांश बजार क्षेत्रका

    • स्वास्थ्य पेज

  • २८ पुष २०७८, बुधबार

तस्बिर:फाइल

नेपालगन्जः बाँकेमा आज ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । जिल्लाका तीनवटा प्रयोगशालामा ८२ जनाको पीसीआर परीक्षण गर्दा २५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ३७ नमुना परीक्षण गर्दा १७, मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा चार जना र बागेश्वरी ल्यावमा २० नमुना परीक्षण गर्दा चार जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

आज संक्रमण पुष्टि भएका मध्ये बाँकेका १९ जना छन् । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ५ सय ५९ पुगेको छ । संक्रमण पुष्टि भएका अधिकांश बजार क्षेत्रका छन् । ने

पालगन्ज, कोहलपुर र खजुराका संक्रमित धेरै रहेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

यस्तै जमुनाह नाकामा अहिलेसम्म १७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणबाट उनीहरु संक्रमण पुष्टि भएका हुन् ।

  • २८ पुष २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech