सफल यौनसम्पर्कको सत्रु ‘मोटोपन’

    • स्वास्थ्य पेज

  • २८ पुष २०७८, बुधबार

मोटोपनालाई विभिन्न रोगको जड मानिन्छ। यसले व्यक्तिलाई शारीरिक मात्र होइन, मानसिक र सामाजिक रूपमा पनि हानि पुर्‍याउँछ। मोटोपनामा गरिएको केही अनुसन्धानका अनुसार धेरैजसो सम्बन्धविच्छेद यौन असन्तुष्टिको कारणले हुने गरेको छ, त्यसमा मोटोपन पनि एक कारण हो।

मोटोपनाले दाम्पत्य जीवनमा अशान्ति ल्याउने सम्भावना हुन्छ। मोटोपनले प्रत्यक्ष रूपमा ‘सेक्स ड्राइभ’लाई असर गर्छ। यदि सेक्स पार्टनरहरू मध्ये कुनै एकजना मोटो छ भने उसले आफ्नो पार्टनरलाई यौन उत्तेजित गर्न वा आकर्षित गर्न सक्दैन। किनकि, एक त मोटोपनाका कारण शरीरको आकार बिग्रन्छ, दोस्रो मोटो शरीरका कारण यौनसम्पर्क गर्दा सहज महसुस हुँदैन। जसका कारण सेक्सप्रति रुचि घट्छ। त्यसैले मोटोपनालाई सेक्सको शत्रु भनिन्छ।

मोटोपनले यौन क्रियाकलापलाई असर गर्छ

यौन क्रियाकलाप गर्नका लागि मांसपेशी लचिलो र शरीर उर्जावान हुनु आवश्यक छ। मोटोपन भएको पार्टनरको यौनसम्पर्क गर्दा हिचकिचाहट र लाजको महसुस गर्छन् त्यकारण उनले राम्रो प्रदर्शन गर्न सक्दैनन् र दाम्पत्य जीवनमा नै समस्या आउने गर्छ। विशेषगरी महिलाहरु यौनसम्पर्कका क्रममा आफ्नो शरीरलाई लिएर हिचकिचाहट महसुस गर्छन्, जसका कारण उनीहरु खुलेर यौन क्रियाकलापमा सहभागी हुन सक्दैनन्। फलस्वरूप, उनीहरूलाई चरम उत्तेजित हुन पनि गाह्रो हुन्छ। यौनसम्पर्कको क्रममा दुखाइ वा तिघ्राको मांसपेशीमा तनावका कारण पनि धेरै महिलाको यौनसम्पर्क गर्ने इच्छा हराउने गर्छ।

मोटोपनले बिगार्छ हर्मोनको सन्तुलन

शरीरमा बोसो बढ्नुका कारण टेस्टोस्टेरोन हर्मोनको स्तरमा कमी आउँछ, जसले गर्दा उत्तेजना कम हुन्छ। एक अध्ययनका अनुसार शरीरमा बोसो बढी वा कम हुँदा यसले सीधै सेक्सप्रतिको लगावलाई असर गर्छ। पुरुषको शरीरमा टेस्टोस्टेरोन हर्मोन पाइन्छ। अमेरिकामा गरिएको एक अनुसन्धान अनुसार मोटो पुरुषमा टेस्टोस्टेरोनको मात्रा ५० प्रतिशतसम्म कम हुन्छ। टेस्टोस्टेरोनको कमीले बाँझोपन हुन सक्छ। मोटोपनाका कारण पुरुषमा लिंग उत्तेजनामा समस्या र सिघ्र स्खलनको समस्या हुन्छ। जसका कारण उनीहरु आफ्नो पार्टनरलाई यौन सन्तुष्टि दिन सक्दैनन्।

मोटोपनाका कारण हुने रोगका लागि लिइने औषधिले गर्छ असर

मोटोपनका कारण धेरै प्रकारका रोगहरू देखा पर्छन्। जस्तै, हृदय रोग, लिंग उत्तेजनामा समस्या, उच्च कोलेस्ट्रोल, मधुमेह, उच्च रक्तचाप आदि। यस्ता रोगका कारण शरीरमा रक्तसञ्चार राम्ररी हुँदैन। फलस्वरूप धमनीहरू अवरुद्ध हुन थाल्छ र यौनाङ्गमा रक्तसञ्चार राम्रोसँग हुन सक्दैन। यस्तो अवस्थामा मानिसले औषधि खानुपर्छ। यी रोगहरूको लागि लिइएका औषधिहरूले पनि यौन उत्तेजनालाई असर गर्छ।

मोटोपनले मुडलाई असर गर्छ

मोटोपनाले मूडमा प्रत्यक्ष असर गर्छ। खराब मूडले यौन क्रियाकलापमा बाधा पुर्‍याउँछ। बढी तौलले स्ट्यामिनालाई असर गर्छ। कम स्ट्यामिनाको कारण, चरम उत्तेजित हुन गाह्रो हुन सक्छ।

  • २८ पुष २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech