कर्णाली प्रदेशमा चिकित्सक र नर्स माग

    • स्वास्थ्य पेज

  • २८ पुष २०७८, बुधबार

नेपालगन्जः कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले ठूलो संख्यामा चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी माग गरेको छ ।

मंगलबार एक सूचना प्रकाशित गर्दै सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशका अस्पताल र स्वास्थ्य कार्यलयमा खटाउने गरी १ सय ५० जना स्वास्थ्यकर्मी माग गरेको हो ।

सामाजिक विकास मन्त्रालय करार सेवामा लिन लागेका उक्त जनशक्तिमा ५२ विभिन्न विद्याका नवौं तहका कन्सल्ट्यान्ट चिकित्सकका लागि आवेदन माग गरिएको छ ।

यस्तै, आठौ तहका मेडिकल अधिकृत २० जना र डेन्टल सर्जन १ जनाका लागि मन्त्रालयले आवेदन माग गरेको छ ।

नवौं तहका २ जना नर्सिङ प्रशासक, नर्सिङ अधिकृत ४ जनासहित १६ जना सातौ तहका स्वासथ्यकर्मीका लागि आवेदन माग गरिएको छ ।

यस्तै, ३८ स्टाफ नर्ससहित पाँचौ तहका ५० जना स्वास्थ्यकर्मी माग गरिएको छ भने ९ जना चौथो तहका स्वास्थ्यकर्मीका लागि विज्ञापन आव्हान गरिएको छ ।

 

  • २८ पुष २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech