डा. लोहनीलाई वीर अस्पताल प्रवेश गर्न नदिन कर्मचारी प्रदर्शनमा उत्रिए

    • स्वास्थ्य पेज

  • २८ पुष २०७८, बुधबार

काठमाडौंः स्वास्थ्य मन्त्राालयले कोभिड युनिफाइड (वीर अस्पताल) को प्रशासकीय प्रमुखमा सरुवा भएका डा गुणराज लोहनीलाई हाजिर हुन नदिने भन्दै वीरका कर्मचारीले विरोध प्रदर्शन गरेका छन् ।

अस्पतालबाहिरका व्यक्तिले भित्रको समस्या बुझ्न नसक्ने भन्दै कर्मचारी प्लेकार्डसहित प्रदर्शमा उत्रिएका हुन् । उनीहरूले सरुवा बदर गर्न र वीर अस्पतालमा वीरकै नेतृत्व कायम राख्न माग गरेका हुन् ।

राष्ट्रियसभा निर्वाचनको आचारसंहिताका कारण पुरानो मिति राखेर लोहनीलाई वीरमा सरुवा गरिएको र १२ औं तहका विशिष्ठ श्रेणीका अधिकृतको सरुवामा प्रधानमन्त्रीलाई जानकारीसमेत नभएको कर्मचारी संघका नेताहरूको आरोप छ ।

लोहनी माओवादी केन्द्रका स्वास्थ्य विभाग सदस्य पनि हुनुहुन्छ । वीर अस्पताल कर्मचारी संघले ५ महिनामात्र जागिर अवधि रहेका लोहनी वीर अस्पतालको सुधारका विरोधी रहेको र अहिले अर्बौंको स्वास्थ्य सामग्री खरिदको उद्देश्यले मात्र मन्त्री रिझाएर आउन लागेको भन्दै अस्पतालमा प्रवेश नदिने चेतावनी कर्मचारीको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंगलबारमात्र लोहनीलाई वीरको १२ औं तहको प्रशासकीय प्रमुखका सरुवा गर्नुभएको थियो । यसअघि जागेश्वर गौतमलाई त्यहाँबाट हराएर डा भुपेन्द्र बस्नेतलाई निमित्त दिइएको थियो ।

बस्नेत आएपछि अस्पतालमा सुधार भइरहेका बेला अस्पतालबाहिरबाट आउने प्रमुखलाई स्वीकार नगर्ने कर्मचारी संघको भनाइ छ ।

१२ औं तहमा बढुवा हुनेवित्तिकै मन्त्रालयले वीरमा पठाउन खोज्दा नमानेका लोहनी अहिले अर्बौंको बजेट निकासा हुने बेलामा सरुवा लिएर आउनुमा नियत ठीक नभएको उनीहरूको आरोप छ ।

  • २८ पुष २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech