स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

    • स्वास्थ्य पेज

  • २७ पुष २०७८, मंगलवार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहातमा रहेका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

स्वाथ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीलाई कोभिड–१९ युनिफाइड (वीर अस्पताल) को जिम्मेवारी दिइएको छ । यसभन्दा अगाडि अस्पतालको निमित्त जिम्मेवारीको रुपमा डा भुपेन्द्र बस्नेत रहनुभएको छ ।

नयाँ संगठन संरचनाअनुसार वीर अस्पतालको नेतृत्व १२ औं तहका प्रमुख विशेषज्ञले गर्ने व्यवस्था छ ।

त्यसैगरी, औषधि व्यवस्था विभागमा महानिर्देशकमा भरत भट्टराईले जिम्मेवारी पाएका छन् । नारायण ढकाललाई भने औषधि प्रयोगशालामा पठाइएको छ ।

राष्ट्रिय एचआईभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल पठाइएको डा पोखरेलले जानकारी दिनुभयो ।

एचआईभी एड्स नियन्त्रण केन्द्रमा डा सन्जय ठाकुरलाई जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी डा श्रीराम तिवारीले पाउनुभएको छ । हालका निर्देशक डा। प्रकाश शाहलाई कर्णाली प्रदेशमा सरुवा गरिएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ भने उहाँको ठाउँमा डा राजेन्द्र खनाललाई सिफारिस गरिएको छ । त्यसैगरी, कर्णालीमा स्वास्थ्य निर्देशक रहेका डा रविन खड्कालाई वीरमा सरुवा गरिएको छ ।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech