बाँकेमा पाँच स्वास्थ्यकर्मीसहित ५२ जना कोरोना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २७ पुष २०७८, मंगलवार

तस्विरः फाइल

नेपालगन्जः बाँकेमा आज थप ५२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । त्यसमा पाँच जना स्वास्थ्यकर्मी पनि छन् । पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नेपालगन्जको जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएका छन् ।

भारतबाट आएका नेपालीको कोरोना परीक्षण गर्ने क्रममा पाँच जना स्वास्थ्यकर्मी नै संक्रमित भएका हुन् । नेपालगन्ज नाकामा भारतबाट आएका व्यक्तिमा कोरोना देखा परिरहेको छ ।

भारतका विभिन्न शहरबाट आएका ठूलो संख्याका मानिसलाई भीडकै बीचमा कोरोना परीक्षण गर्ने गरिन्छ । हेल्थ डेस्कमा काम गर्ने स्वास्थ्यकर्मी नै संक्रमित भएपछि उनीहरुलाई आइसोलेसनमा पठाएर अरु कर्मचारीबाट परीक्षण गर्ने काम भइरहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजवलीले जानकारी दिनुभयो ।

नेपालगन्ज नाकामा मंगलबारमात्रै ३७ जनामा कोरोना पुष्टि भएको छ । ३ सय ९६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । यस्तै, नेपालगन्जका तीन वटा ल्याबमा ६४ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पतालमा २९ जनाको परीक्षण गर्दा दश जना, कोहलपुर मेडिकल कलेजमा २२ जनामा तीन जना र बागेश्वरी ल्याबमा १३ जनाको जाँच गर्दा दुई जनामा कोरोना देखिएको हो ।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech