बाँके प्रशासनले भन्यो-‘भिडभाड गर्ने कार्यक्रम बन्द गरौं’ (सूचनासहित)

    • स्वास्थ्य पेज

  • २७ पुष २०७८, मंगलवार

नेपालगन्जः कोरोना संक्रमण दिनहुँ बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले भिडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आदेश जारी गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले मंगलबार विभिन्न चार बुँदे आदेश जारी गर्दै भिडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नुभएको हो ।

आदेश अनुसार सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यकम तथा मेला, भेला, महोत्सव आयोजना गर्न रोक लगाइएको छ ।

यस्तै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम आयोजना नगर्न प्रजिअ खत्रीको आदेशमा भनिएको छ ।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech