लुम्बिनी प्रदेश मन्त्रालयमा पनि कोरोना पस्यो, आर्थिक मामिला‍मन्त्रीलाई कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • २७ पुष २०७८, मंगलवार

नेपालगन्जः लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा भएको नेकपा (माओवादी केन्द्र)को महाधिवेशनमा सहभागी भएका उहाँलाई त्यसकै केहि दिनपछि कोभिड–१९ को लक्षण देखिन थालेको थियो ।

ज्वरो आउने‚ रुघा लाग्ने लगायत लक्षण देखिएपछि गराइएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री खड्काका स्वकीय सचिव झविन्द्र श्रेष्ठले जानकारी दिनुभयो । अहिले उहाँको अवस्था सामान्य रहेको श्रेष्ठले बताउनुभयो ।

त्यस्तै मन्त्रालयका सचिव खोमराज कोइराला पनि संक्रमित हुनुभएको छ। यस्तै मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खरीन्द्र विक, सचिवालयकी कर्मचारी दिया केसी र लेखा शाखाका विजय घर्तीलाई पनि कोरोना संक्रमण देखिएको छ । लक्षणसहितको कोरोना संक्रमण भए पनि उहाँहरू सबैको अवस्था सामान्य रहेको विकले बताउनुभयो ।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech