सुत्केरीको मृत्युपछि अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

    • स्वास्थ्य पेज

  • २७ पुष २०७८, मंगलवार

नेपालगन्जः उपचारका क्रममा अत्याधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु भएपछि बिरामीका आफन्तहरुले त्रिशुली अस्पतालमा तोडफोड तथा अस्पतालका कर्मचारीमाथि दुर्व्यवहार गरेका छन् ।

सोमबार राति ११ः५० बजे २७ वर्षीया स्थानीय महिलाको प्रसूती गराउने क्रममा अत्याधिक रक्तस्रावका कारण मृत्यु भएको थियो ।

बिरामीको मृत्युपछि अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दैं बिरामीका आफन्तहरु त्रिशुली अस्पतालको पेडियाट्रिक ओपीडी, इसीजी रुम, सर्जरी ओपीडी र फार्मेसीमा तोडफोड गर्नुका साथै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमाथि दुर्व्यवहार गरेका छन् ।

अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले अस्पतालका विशेषज्ञ चिकित्सहरुले बिरामीलाई बचाउन हरसम्भव सबै प्रयास गर्दा पनि सफल हुन नसकेको बताउनुभयो ।

डा पाण्डेले उपचारका क्रममा कुनै लापरबाही नभएको पनि जानकारी दिनुभयो । उहाँले आफन्तलाई तोडफोडभन्दा पनि उपचारमा चित्त नबुझे सम्बन्धित निकायमा उजुरी दिन भनेको पनि बताउनुभयो ।

अस्पतालमा आफन्तले नाराबाजी र तोडफोड गरेपछि अस्पतालले मृतक महिलाका आफन्तसँग वार्ता गरेपछि शब भने लगिएको छ।

अस्पतालमा तोडफोड र तनावपूर्ण अवस्था आएपछि त्रिशुली अस्पतालले आकस्मिक बाहेकको सेवा बन्द गरेको छ। चिकित्सकको सुरक्षाको ग्यारेन्टि भएपछि मात्र सम्पूर्ण सेवा संचालन गर्ने डा पाण्डेले बताउनुभयो ।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech