मुस्ताङ र मुगुबाहेक सबै जिल्लामा कोरोना पुग्यो

    • स्वास्थ्य पेज

  • २७ पुष २०७८, मंगलवार

नेपालगन्जः मुस्ताङ र मुगुबाहेक सबै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुस्ताङ र मुगुमा मात्र कोरोना सङ्क्रमणको शून्य सङ्क्रमण रहेको छ।

एक हप्ताअघि सङ्क्रमणदर २ दशमलव ६ प्रतिशत रहेकोमा अहिले सङ्क्रमणदर १२ प्रतिशत नाघेको छ ।

सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार हाराहारी पुगेको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै छ ।

काठमाण्डौमा २ हजार ६ सय ५५, ललितपुरमा ९ सय र भक्तपुरमा ६ सय ३३ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यस्तै सुनसरी, कास्की, बाँके र कैलालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २ सयभन्दा धेरै छ ।

कोरोना सङ्क्रमण फेरि बढ्न थालेकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न विज्ञहरुले आग्रह गरेका छन् । सरकारले भीडभाडजन्य गतिविधिमा रोक लगाएको छ ।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech