सक्रिय संक्रमितको संख्या करिब ८ हजार पुग्यो

    • स्वास्थ्य पेज

  • २६ पुष २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्जः नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या करिब ८ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांकले सोमबार सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ पुगेको जनाएको छ ।

गत २४ घण्टामा गरिएको ११ हजार ४२९ कुल परीक्षणमा १४४६ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ९६५ पीसीआर परीक्षणमा १३५७ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ४६४ एन्टिजेन परीक्षणमा ८९ जनामा संक्रमण देखिएको हो ।

गत २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने २५५ जना निको भएर डिस्चार्ज भएका छन् । २४ घण्टामा २ लाख १० हजार ५९४ जनाले कोभिडविरुद्धको खोप लगाएको मन्त्रालयको तथ्यांकमा रहेको छ । देशभरी ११३ जना क्वारेन्टाइनमा छन् ।

 

 

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech