कोरोना निरन्तर उकालोः थप १४ सय ४६ जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २६ पुष २०७८, सोमबार

नेपालगन्जः देशभर थप १४ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख ३३ हजार ९४६ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ८५५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १४ हजार ४८५ पुगेको छ।

उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ। हाल ११३ जना क्वारेन्टाइनमा छन्। ६७ जना आइसीयू र १६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech