कुसुममा गरिएको आँखा शिविरमा दुईसय जनाको आँखा जाँच, ३८ जना रिफर

    • स्वास्थ्य पेज

  • २६ पुष २०७८, सोमबार

नेपालगन्जः बाँकेको राप्तीसोनारीमा आजदेखि निःशूल्क आँखा शिविर सुरु भएको छ । पालिकाका नौँ वटै वडामा आँखा शिविर हुने जानकारी दिँदै गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले आज पालिकाको वडा नम्वर १ स्थित खासकुश्मा स्वास्थ्य चौकी कुसुममा शिविर गरिएको छ ।

उक्त शिविरमा दुई सय एक जनाको आँखा जाँच भएको छ भने ३८ जनालाई शल्यक्रियाका लागि रिफर गरिएको फत्तेवाल आँखा अस्पतालका नेत्र अधिकृत छन्दुलाल थारुले जानकारी दिनुभयो । २७ गते वडा नम्वर २ को कचनापुर स्वास्थ्य चौकी, २८ गते वडा नम्वर ८ को आधारभूत स्वास्थ्य केन्द्र शम्शेरगन्ज, २९ गते वडा नम्वर ९ को महादेवपुरी स्वास्थ्य चौकी ढकेरीमा शिविर हुने छ ।

यस्तै ३० गते वडा नम्वर ३ को आधारभूत स्वास्थ्य केन्द्र भवानियापुर, माघ ३ गते वडा नम्वर ४ को राप्तीसोनारी अस्पताल, ४ गते वडा नम्वर ५ को बिनौना स्वास्थ्य चौकी, ५ गते वडा नम्वर ७ को फत्तेपुर स्वास्थ्य चौकी र ६ गते वडा नम्वर ६ को आधारभूत स्वास्थ्य केन्द्र कमैया डाँडामा शिविर बस्ने छ ।

नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगन्जको आयोजना र राप्तीसोनारी गाउँपालिकाको सहकार्यमा शिविर आयोजना गरिएको हो ।

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech