योग दिवसको अवसरमा नेपालगन्जमा अन्तरक्रिया

    • स्वास्थ्य पेज

  • २६ पुष २०७८, सोमबार

नेपालगन्जः स्वस्थ स्वास्थ्यका लागि योग महत्वपूर्ण रहेकाले योग सबैको लागि आवश्यक रहेको आज नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

राष्ट्रिय योग दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाको आयुर्वेद शाखा र बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले स्वस्थ जिवनका लागि योग आवश्यक रहेकोमा जोड दिएका हुन् ।

मानिसहरुले योगको फाइदा र आवश्यकता बुझेर सहि तरिकाले नियमित योग गर्ने हो भने उसको हरेक जिवनशैली सहज, सरल र स्वस्थ बन्नेमा सबैको एकमत थियो ।

उनीहरुले योगसँगै आयुर्वेद उपचार पद्धतिको महत्वबारे समेत सबैले बुझ्न जरुरी रहेको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका डा. गीता रेग्मी र शाखा प्रमुख ब्रज भुषण झाले आयुर्वेदको आवश्यकता, महत्व, प्रभावकारितालगायतका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अन्तरक्रियामा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, लुम्बिनी प्रदेश आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. सन्तोस कुमार शर्मा, आयुर्वेद औषधालयका प्रमुख, योग प्रशिक्षकलगायतको सहभागिता रहेको थियो ।

राष्ट्रिय योग दिवस यही माघ एक गते विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech